close

शर्माले लिए शपथ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री पदको शपथ लिएको छन् । केही बेरअघि मात्रै मन्त्री शर्माले राष्ट्रपति भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

शर्मामाथि बजेट वक्तव्यमा करका दरहरू हेरफेरमा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । 

छानबिनका क्रममा सो आरोप पुष्टि नभएपछि उनी पुनः सो पदमा नियुक्त भएका हुन् । 

तर, उनकाे शपथ ग्रहणमा अर्थमन्त्री सचिव मधुसूधन मरासिनी अनुपस्थित भएका थिए ।