close

सुनको मूल्यमा एक हजार चार सयको गिरावट

सुनको मूल्यमा एक हजार चार सयको गिरावट

Trulli
ADVERTISEMENT

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य बिहिबारको तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ ।

बिहिबार हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार छ सय छ । यसको मूल्य बिहिबार रु एक लाख सात हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।