close

कौडीको मूल्यमा करोडौंका सामान बेच्ने उदयपुर सिमेन्टको तयारी 

कौडीको मूल्यमा करोडौंका सामान बेच्ने उदयपुर सिमेन्टको तयारी 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुर सिमेन्ट उद्योगले लामो समयदेखि प्रयोग बिहीन अवस्थामा रहेका विभिन्न उपकरणहरु लिलामी प्रक्रियाबाट बिक्री गर्ने तयारी थालेको छ । उद्योगको स्थापनाकालसँगै ती उपकरणहरु जापान सरकारले अनुदान स्वरुप उपलब्ध गराइएको थियो ।

 
विगतमा उद्योग व्यव्स्थापनले पुराना उपकरणहरुको मर्मत सम्महारमा खासै चासो नदिएको र नयाँ उपकरणहरु खरिद गर्ने गरेपछि ३० लाख देखि दुई करोड सम्म मूल्य पर्ने त्यस्ता सामग्रीहरु सामान्य मर्मतकोे अभावमा बर्षौ देखि बेवारिसे जस्तै भएर रहदै आएका छन् । अब भने खुल्ला प्रतिस्पर्धाका आधारमा डाक बडाबढ गरेर बिक्री गर्न लागेको उद्योग प्रशासनले जनाएको छ । 


जथाभावी खुल्ला आकाशमुनि राखिएका कारण कतिपय उपकरणका महत्वपूर्ण पार्टपुर्जा चोरी भइसकेका छन् भने कतिपय खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । उद्योग व्यवस्थापनले पहिलो पटक यसरी विधि र प्रक्रिया पुरा गरेर पुराना तथा कवाडी समानहरु बिक्री गर्न लागेको हो । 


उद्योगको रोपवे तथा विद्युत लगायतका कतिपय उपकरणलाई सम्भव भएसम्म मर्मत गरी सञ्चालन गरिनुपर्ने र मर्मत नहुनेलाई उद्योग व्यवस्थापनले लिलामी प्रक्रिया अगाडी बढाउनु पर्ने भएपछि विभिन्न ५३ प्रकारका सामाग्रीहरु बिक्रीका लागि टेण्डर आह्वान गरिएको हो ।

 

गृह र अर्थ मन्त्रालयको प्रतिनिधिको रोहवरमा ती उपकरणहरुको मूल्य निर्धारण गरी लिलामी गर्नुपर्ने कानुनी प्रावधान अनुसार उद्योगका १०औँ तहका प्राविधिक कर्मचारी महेशप्रसाद साहको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय उदयपुर र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि सहितकोे १३ सदस्यीय मूल्याङ्कन समिति बनाएर त्यसको प्रतिवेदनका आधारमा  लिलामी गर्ने प्रक्रिया अगाडि बढाइएका हुन ।


 जापान सरकारको करिब सात अर्ब रुपैयाँको अनुदान सहयोगमा निर्मित उदयपुर सिमेन्ट कारखानाको दैनिक उत्पादन क्षमता आठ सय ४० मेट्रिक टन रहेता पनि व्यबस्थापनका कारण बितेका २२ बर्षमा पाँच सय मेट्रिक टन भन्दा माथि सिमेन्ट उत्पादन हुन सकेको छैन । 

    
सरकार परिवर्तनसगै अध्यक्ष र महाप्रबन्धक फेरबदल हुने र भएका उपकरणलाई थोरै खर्च गरेर मर्मत गर्नुको साटो कमिशनको लोभमा नयाँ खरिद गर्ने परिपाटीले उदयपुर सिमेन्ट उद्योग दिन प्रति दिन धरासायी बन्दै गएको छ । लामो समयपछि पुराना उपकरणहर बिक्री गर्ने निर्णय गर्नु राम्रो काम भएको त्यहाँका मजदुर तथा कर्मचारीको भनाई छ । 

 

पछिल्लो समयमा उद्योगमा आर्थिक अभाब चुलिएको अवस्थामा न्यूनतम मूल्य एक करोड ३० लाख राखेर शिलबन्दी दरभाउ पत्रको माध्यमद्धारा बिक्री गर्न लागिएका समानहरुमा मेसिन, उपकरण र गाडीहरु बाहेकका कोलमिल रोलर, कोलमिल लाइनर, र मिल रोलर, कूलर प्लेट, मिल्डस्टिल स्क्रप्mट, सबमेसिवल पम्प, ग्रिन्डिङ मेडिया, ट्र्याक चेन र भ्याकुम क्लियर लगायतका ५३ किसिमका बहुमुल्य उपकरण छ । 


यस बाहेक मेसिन, गाडी लगायतका अन्य उपकरणहरु जो बिगत लामो समयदेखि  खानीस्थित उद्योगको  मर्मत सम्भार कक्ष अगाडीको खुला जमिनमा यत्रतत्र छरिएर रहेका छन तीनको मर्मत सम्हार गरी पुन सञ्चालनमा ल्याउन सकिने वा नसकिने भनि यकिन गरी मूल्याङ्कन सहितको प्रतिवेदन र लिलामी प्रक्रिया अगाडी बढाउन उद्योग मन्त्रालयका मेकानिकल ईन्जिनियर प्रसान्त बोहोराको संयोजकत्वमा बुधवार नै अर्को समिति बनाएको छ ।


अब मूल्याङ्कन गरिने उपकरणहरुमा १६ वटा डम्प ट्रक, पाँच वटा पजेरो जीप, तीन वटा मिनी बस, दुई वटा इस्काइ भेटर, तीन वटा बुल्डोजर, चार वटा एअर कम्प्रेसर, तीन वटा क्राउलर ड्रिल, दुई वटा फायर इञ्जिन, दुई वटा ईन्धन ट्याङ्कर,दुई वटा पोर्कलिफ्ट, फायर फाईरिङ्ग, म्यागाजिन बक्स, दुई वटा हुईल लोडर, दुई वटा ट्रयाक लोडर, भ्राईवेिटङ्ग रोलर, र ड्रिल मेशीन लगायत छन् ।

 

लिलामीमा बेच्न लागिएका यी सामग्री करोडौ मुल्य बराबरको रहेको जनाएका छनउद्योगको व्यवस्थापन पक्ष र कर्मचारीहरु बताउँछन्  । त्यसैगरी पुन दोश्रो लिलामीका लागि मुल्याङकन गर्न लागेका सामान समेत करोडौ मुल्य बराबरको रहेको उद्योग प्रशासनले जनाएको छ ।