close

लिखुतामाकोसीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता 

लिखुतामाकोसीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता 

Trulli
ADVERTISEMENT


काठमाडौं–नेपाल बैंकले रामेछापको लिखुतामाकोसी गाउँपालिका वडा नम्बर ६ को आयोजनामा तामाकोसी जनजागृति मावि खिम्तीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


लिखुतामाकोसी गाउँपालिका–६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेको सभापतित्वमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन बागमती प्रदेशका वन, वातावरण तथा उद्योगमन्त्री शान्तिप्रसाद पौडेलले गरेका थिए ।


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, रामेछापका प्रहरी प्रमुख नवराज ढुंगाना, लिखुतामाकोसी पालिका उप–प्रमुख दीपशिखा दाहाल र बैंकको बागमती प्रादेशिक कार्यालय प्रमुख विनय केसरी पौडेललगायतका यस क्षेत्र आसपासका करिब ३०० जना स्थानीय सहभागी थिए ।


उक्त अवसरमा बागमती प्रदेशका वन, वातावरण तथा उद्योगमन्त्रीमा पौडेलले आर्थिक विकासका लागि सरकार र बैंकिङ क्षेत्रको सहकार्य हुनुपर्नेमा जोड दिए ।


बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको पहिलो बैंक नेपाल बैकले ग्राहक चाहनाअनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए ।


बैंकिङ ज्ञान अभिवृद्धि गर्न, बचत प्रोत्साहन गर्न, पुँजी निर्माण गरी उद्यमशीलता बढाउन र कोभिड–१९ महामारीको समय डिजिटल बैंकिङप्रति ग्राहक आकर्षणबारे कार्यक्रमका प्रशिक्षकले सहभागीलाई जानकारी गराएका थिए ।