close

एनसेललाई वल्र्ड कम्युनिकेसन अवार्डका दुई विधाबाट सम्मान

एनसेललाई वल्र्ड कम्युनिकेसन अवार्डका दुई विधाबाट सम्मान

Trulli
ADVERTISEMENT

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेल वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड र क्राइसिस रेस्पोन्स अवार्डबाट सम्मानित भएको छ ।  कात्तिक ९ गते आयोजना भएको टोटल टेलिकम कंग्रेसको कार्यक्रम अवार्ड विजेता घोषणा भएको हो । 


सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरका टेलिकम बजारमा भएका नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्दै आएको छ ।


एनसेलले यी दुई सम्मान व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा पुर्‍याएको योगदान र विपद् प्रतिकार्यअन्तर्गत कोभिड महामारी, बाढी र भूकम्पजस्ता विभिन्न संकटको समय गरेका योगदानको प्रतिफल रहेको बताएको छ । 

 

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याएबापत एनसेललाई द सोसियल कन्ट्रिब्युसन अवार्ड प्रदान गरिएको हो ।


त्यस्तै, कोभिड–१९ महामारी, ०७२ भूकम्प र ०७१ र ०७४ को बाढीलगायत विपद् समय सरकार र समुदायलाई पुर्‍याएको सहयोगको कदर गर्दै एनसेललाई क्राइसिस रेस्पोन्स अवार्ड प्रदान गरिएको हो ।


‘प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकामा हामी हर्षित छौं । यी सम्मान समाजको विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्वपूर्ण कार्य मात्र नभएर सामाजिक पहलको प्रभावकारी योगदानको कदर हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने । 


द सोसियल कन्ट्रिब्युसन अवार्ड विधाको पुरस्कारका लागि अभरोआ केवल, इन्डोस्याट उरेडू, एनसेल नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एन्ड स्मार्ट र पोलिक्याब इन्डिया गरी पाँच कम्पनी सूचीकृत भएका थिए ।  एयरटेल युगान्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डका लागि सूचीकृत भएका थिए ।  एनसेलले हालै एसियाज बेस्ट इम्प्लोयर ब्रान्ड अवार्डको १२ औं संस्करणमा एसियाज बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ जितेको थियो ।