close

एक हजार ४६२ जनाले परीक्षा दिँदा उतिर्ण संख्या शून्य

एक हजार ४६२ जनाले परीक्षा दिँदा उतिर्ण संख्या शून्य

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा १०४ जना कर्मचारी माग गरेकोमा परीक्षा दिएका सबै परीक्षार्थी 'फेल' भएका छन् । 

त्रिवि आयोगले उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदका लागि कर्मचारी माग गरेका थिए । मागअनुसार  आयोगले गत कात्तिकमा परीक्षा लिएकोएका थिए । तर कुनै पनि परीक्षार्थी लिखित परीक्षामा उत्तीर्ण हुन सकेनन् । १०४ जनाका लागि एक हजार ४६२ परीक्षार्थी सहभागी थिए । 

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जना, शाखा अधिकृतमा ४० जना माग गरिएकोमा ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ जनाका लागि ७७७ जना, आर्थिक उपनियन्त्रकमा २ जनाका लागि ३ जना र लेखा अधिकृतमा १५ जनाका लागि १२९ जनाले परीक्षा दिएका थिए ।