close

प्लाष्टिकमुक्त्र वडा घाेषणा गर्न कपडाकाे झोला वितरण

प्लाष्टिकमुक्त्र वडा घाेषणा गर्न कपडाकाे झोला वितरण

Trulli
ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकाको वडा कार्यालयले झोला वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ८ को वडा कार्यालयले स्थानीयलाई कपडाको झोला वितरण गरेको हो । 

'सफा सुन्दर र सभ्यताको पहिचान टोनपा वडा नं ८ सफा राख्ने  हाम्रो अभियान' भन्ने नाराका साथ पालिकाले झोला वितरण गरेको जनाइएको छ । एक कार्यक्रममा आयोजना गरी बिहिबार स्थानीय बासिन्दालाई झोला वितरण गरेको वडा कार्यालयले जनाएको छ । 


प्लाष्टिक झोला न्यूनीकरण प्रोत्साहन गर्नको लागि झोला वितरण गरेको वडाध्यक्ष रमेश खत्रीले जानकारी दिए । उनका अनुसार कपडाको झोला प्रयोग गरि  भविष्यमा प्लाष्टिक  मुक्त वडा घोषणाका लागी सहयोग गर्ने उदेश्यले झोला वितरण गरेको हो । 

उनले झोला वितरण कार्यक्रम निरन्तर हुने भएकोले कार्यालयमा वडा कार्यालयमा आउन समेत अनुरोध गरे ।