close

सार्वजनिक स्थलमा राती आएर फोहोर फाल्नेलाई जरिवाना

सार्वजनिक स्थलमा राती आएर फोहोर फाल्नेलाई जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले रातको समयमा आएर सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बुधबार राती वडा १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा महानगरको रात्रीकालीन अनुगमन टोलीले पक्राउ गरेको थियो । जरिवाना तिराएर आज गाडीलाई फोहोरलाई जथाभावी नफाल्ने सर्त राखेर छोडिएको छ । 
महानगरले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी गरेको छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘पुतली सडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेको छ । दुर्घटनाको खतरा बढाएको छ । तार काटेर अनधिकृत फोहोर फाल्नेलाई चेतावनी दिएका छौँ । कारवाही गर्छौँ ।’