close

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले बिजुली, टेलिफोन, इन्टरनेट तथा केबलका तार हटाउन तथा ट्याग लगाउन अनुरोध गरेको छ। महानगरले मंगलबार एक सुचना प्रकासन गर्दै पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएका तथा लत्रिएका तार हटाउन सरोकारवाला संघसंस्थालाई अनुरोध गरेको छ। साथै, आफ्नो संस्थाको तार चिनिने गरि ट्याग लगाउन पनि अनुरोध गरेको छ। 

महानगरले अव्यवस्थित तारले सडकको शुन्दतरतामा ह्रास पुगेको, आगालागीका जोखिम बढाएको र सार्वजनिक अवागमनमा बाधा पर्याएकोले अव्यवस्थित तार हटाउन अनुरोध गरेको हो। महानगरद्वारा प्रकासित सुचना अनुसार अव्यवस्थित तारबाट हुन सक्ने दुर्घटनाको विषयमा समयसमयमा विभिन्न सरोकारवाला निकाय तथा अधिकारिसँग छलफल गरे अनुरोध गरिएको थियाे ।

छलफल र बैठकको निर्णय कार्यान्वयन गर्न समय समयमा ताकेता गरिएको तथा सेवा प्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजिकरण गर्न नियामक निकायलाई अनुरोध समेत गरिएको थियो। तर यसरि गरिएको अनुरोधबाट अपेक्षित उपलब्धधी प्राप्त नभएपछी सम्बन्धीत टेलिफोन, इन्टरनेट, केबल सेवा प्रदायक कार्यालय तथा संस्थालाई केबल हटाउन र आवश्यक पर्ने तारलाई संकेत चिन्ह लगाएर पहिचान गर्न सहज वातावरण बनाउन अनुरोध गरेको छ ।

महानगरले सुचना प्रकासित भएको १५ दिन भित्र अनावश्यक तार हटाइसक्न निर्देशन दिएको छ । १५ दिनपछी महानगर आफैले तार हटाउन सुरु गर्ने जनाएको छ। त्यसबाट लाभग्राहीलाई पर्नसक्ने असुविधाको जिम्मेवारी स्वयमं सेवा प्रदायकको हुने महानगरले सुचनामार्फत प्रष्ट पारेको छ।