close

बालेनलाई सर्वोच्च अदालतले भन्यो : ७ दिनभित्र अदालतमा जवाफ दिनू

बालेनलाई सर्वोच्च अदालतले भन्यो : ७ दिनभित्र अदालतमा जवाफ दिनू

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश दिएको छ ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

नर्भीक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशविरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

सर्वोच्चले नर्भीकको संरचना नभत्काउन अन्तरकालीन आदेश दिएपछि बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।