close

ठेकेदारको लापरबाहीले बनेन पुल

ठेकेदारको लापरबाहीले बनेन पुल

Trulli
ADVERTISEMENT

मुगु - सदरमुकाम गमगढीदेखि  सोरु गाउँपालिकाको गिलाह र सिप गाउँलाई जोडेर  सोरुकोटसम्म सडक यातायात सञ्चालन गर्न बेलिब्रिज निर्माण थालिए पनि ठेकेदारको लापरबाहीले  ढिलाइ हुँदै आएको छ ।


पुल नबन्दा वर्षायाममा स्थानीय जोखिम मोलेरै खोला पार गर्न बाध्य हुनु परेको सोरु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र शाहीले जानकारी दिए । 


‘पुल निर्माणका लागि ठेकेदारले यसअघि नै रकम लिइसकेका छन्’, उनले भने, ‘सरकारी नियमअनुसार पुल निर्माणको काम सकिएपछि मात्र अन्तिम किस्ता भुक्तानी हुनेछ ।’ तर, पुल निर्माणको जिम्मा लिएको जलपा रविचक्र जेभीका प्रोप्राइटर हेमराज शाही सिप बेलिब्रिजका लागि ३ करोड ३७ लाख भुक्तानी हुनुपर्नेमा हालसम्म २ करोड २ लाख मात्र भएको दाबी गर्छन् । 


८० लाख अझै पाउन नसकेको उनले बताए । ‘०७६ साउनमा  बिल पेस गरे पनि हालसम्म गाउँपालिकाले ८० लाख भुक्तानी दिएन’, शाहीले भने । गाउँपालिकाले ठेक्का सकेपछिको रकम भुक्तान नगरुन्जेल पुल निर्माणको काम अगाडि नबढ्ने उनले बताए ।


ठेकेदार शाहीले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्स खोलामा निर्माण भएको बेलब्रिजको समेत रकम नपाएको जानकारी दिए ।