close

याङ्वरक गाउँपालिकाकाे बन्नेभयाे लिफ्टसहितको भवन

याङ्वरक गाउँपालिकाकाे बन्नेभयाे लिफ्टसहितको भवन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– लिफ्ट चढेर एक तल्लाबाट अर्को तल्ला पुगेको अनुभव गर्न नपाएकाहरुलाई अब ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको प्रशासनिक भवनले त्यो अनुभव गराउने भएको छ ।
 
पाथीभरा याङ्वरक गाउँपालिकाले लिफ्टसहितको सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण कार्य सुरु गरेको हो । तत्काललाई २ तले १६ कोठे भवन ३ करोड ८१ लाखको लागतमा सम्पन्न हुने गरी सुरुआत गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए ।

योजनाको लागत इष्टिमेट भने करिव ४ करोड ५० लाख रुपैंयाको थियो । गाउँपालिका अध्यक्ष सुब्बले भवन निर्माण कार्यको शिलान्यास गरेका छन् ।

अहिले रहेको प्रशासनिक केन्द्र भन्दा करिव १० मिनेट माथि अहिले स्वास्थ्य केन्द्र रहेको भवन छेउ पाथीभरा याङ्वरक गाउँपालिकाको नयाँ प्रशासनिक भवन बन्ने भएको छ ।

एक नगरपालिका सहित ताप्लेजुङका सबै ९ स्थानीय तह अहिले सम्म भाडाका भवनमा बस्दै आएका छन् । फुङ्लिङ नगरपालिकाको भवन वडा नं ७ मा निर्माणाधिन अवस्थामा छ ।

नगरपालिका पछि भवन निर्माण कार्य सुरु गर्ने पाथीभरा याङ्वरक गाउँपालिका पहिलो र समग्रमा भने दोस्रो भएको छ । गाउँपालिका अध्यक्ष मेन्याङ्वोले लिफ्टसहितको सुविधा भएको भवन निर्माण गर्ने स्थानीय तह भने पाथीभरा याङ्वरक पहिलो हुने वताए ।

अबको १५ महिना भित्रमा भवन निर्माण कार्य पूरा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोले जानकारी दिए । ताप्लेजुङमा अहिले सम्म लिफ्ट सहितको सुबिधा भएको भवन छैनन् ।