close

पुथाउत्तरगंगाले सडकका लागि विनियोजन गर्‍यो एक करोड २० लाख 

पुथाउत्तरगंगाले सडकका लागि विनियोजन गर्‍यो एक करोड २० लाख 

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) - चालू आर्थिक वर्षमा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले नयाँ सडक खन्न र सडक स्तरोन्नतिका लागि एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

पुथाउत्तरगंगा– १३ पदमी, पुथा १२ र १४ त्रिवेणी खण्डमा २५ लाख, पुथा– १४ मानम–पुथा–७ पाँचतारा–पुथा–८ खारखोला–चारगाउँ खण्डमा ५० लाख, पुथा– १४ नाखा–जामाबगर खण्डमा ३५ लाख र स्थानीय सडक स्तरोन्नतिीका लागि १० लाख गरी एक करोड २० लाख रुपैयाँ बजेटबाट काम हुने पुथा– ८ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भीमबहादुर मल्लले बताए । 

 

यसैगरी उक्त सडक खण्डअन्तर्गत प्रदेश सरकारको पदमी–त्रिवेणी सडक खण्डमा २५ लाख, मानम–पाँचतारा–खारखोला–चारगाउँ सडक खण्डमा ५० लाख, नाखा–जामाबगर खण्डमा ३५ लाख गरी प्रदेश सरकारको एक करोड १० लाख रुपैयाँले नयाँ सडक खनिन लागिएको प्रवक्ता मल्लले जानकारी दिए । 

 

चालू आर्थिक वर्षमा पुथामा गाउँपालिकाको एक करोड २० लाख र प्रदेशको एक करोड १० लाख गरी दुई करोड ३० लाख रुपैयाँको नयाँ सडक खनिइने गाउँपालिकाले जनाएको छ । 

 

अब छिट्टै नै बोलपत्र आह्वान गरी कामलाई अगाडि बढाइने गाउँपलिकाले जनाएको छ ।