close

मुहार फेर्दैछन् भूमे गाउँका ४ सडक

मुहार फेर्दैछन् भूमे गाउँका ४ सडक

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– वर्षातले अवरुद्ध पारेको भूमे गाउँपालिका अन्तर्गतका ग्रामीण सडक खण्ड मर्मत गरी नियमित सवारी साधन सुरु गरिने भएको छ ।


गाउँपालिका भित्रका चार स्थानीय ग्रामीण सडक खण्डमा पहिरोले अवरुद्ध गरेको उक्त सडक खण्ड मर्मत गरी नियमित सवारी साधन सुचारु गरिने भएको हो ।


असोजको दोस्रो सातासम्ममा उक्त सडक खण्ड मर्मत गरी सवारी साधन सञ्चालन गर्ने भनिएता पनि कोरोना संकट र प्राविधिकले लागत स्टिमेट तयार गर्न ढिलाई भएकाले सडक मर्मतको काम सरु हुन नसकेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

२२ असोजमा गाउँपालिकाले गाउँपालिका भित्रका लाबाङ–भित्रवन, बागतारे–गुनाम–मारिङ, जितखोला–सीमा–झुम्लाबाङ र सीमा–मोराबाङ गरी चार स्थानीय ग्रामीण सडक खण्डमा मर्मतको लागि प्रकृया अघि वढाएको छ ।


दशैँको आसपास सम्ममा मुख्य सडक खण्ड मर्मत हुने गाउँपालिकाले जनाएको छ भने तिहार सम्ममा सबै खण्डका स्थानीय ग्रामीण सडक खण्ड मर्मत गरिसक्ने बताइएको छ ।
 

लाबाङ–भित्रवन खण्डमा एक हजार तीन सय चार दशमलव २३ घन मिटर रहेकोमा सनलाईस इन्जिनियरिङ निर्माण सेवा प्रालिले ८२ हजार पाँच सय ३१ रुपैयाँ ९३ पैसामा ठेक्का पारेको छ भने जितखोला–सीमा–झुम्लाबाङ खण्डमा दुई हजार ६ सय ७४ दशमलव ६३ घन मिटरमा एक लाख ७० हजार चार सय २१ रुपैयाँ ३३ पैसा र सीमा–मोराबाङ खण्डमा दुई हजार तीन सय ८० दशमलव २६ घन मिटरमा एक लाख ५० हजार तीन सय ५४ रुपैयाँ १७ पैसामा सनलाईस इन्जिनियरिङ निर्माण सेवा प्रालि नै ठेक्का पारेको छ ।


बागतारे–गुनाम–मारिङ खण्डमा २ हजार ५ सय ९८ दशमलव ६४ घन मिटर रहेकोमा मगर खाम कन्ट्रक्सन प्रालिले ठेक्का पारेको छ । यी सडक खण्डमा प्रत्येक वर्ष वर्षातको पहिरोले अवरुद्ध गर्ने गरेकोले कात्तिक देखि जेठसम्म सवारी साधन चल्ने गरेका छन् । हाल कृषि उत्पादन निर्यात र पसल व्यवसायी एवं विकास निर्माणका सामाग्री ओसारपसारमा स्थानीयले सास्ती खेपिराखेका छन् ।