close

पार्क निर्माणमा जुट्दै बर्दघाट

पार्क निर्माणमा जुट्दै बर्दघाट

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगर क्षेत्रलाई वातावारणमैत्री बनाउन पार्क निर्माणमा जोड दिएको छ । सार्वजनिक जग्गा संरक्षणसमेत हुने र नगरमा हरियाली प्रबद्र्धन पनि हुने भएकाले नगरले पार्क निर्माण कार्यलाई जोड दिएको हो । 


ग्रामीण क्षेत्रलाई ध्यान दिने र बजार क्षेत्रमा जोड दिँदै पार्क निर्माणको कार्यलाई प्राथमिकतामा राखिएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । ‘अधिकांश वडामा यस्ता संरचना छन्’, नगरप्रमुख बस्यालले भने, ‘यसबाट वातावरणमैत्री नगर बनाउन सहयोग भएको छ ।’

 
नगरलाई हराभरा र सुन्दर बनाउन हरियाली पार्क निर्माणमा जोड दिइएको उनले बताए । बर्दघाट- ४ का वडा अध्यक्ष रवीन्द्रविक्रम हमालले वडाका हरियाली नगर, दिव्यनगर, बजार क्षेत्र, आनन्दनगर, बर्मेली टोल र बाढीपीडितका विभिन्न टोलमा पार्क रहे पनि सबै टोलमा पार्क नभएको बताए ।


विभिन्न वडामा रहेका टोल विकास संस्थाहरूको संरक्षणमा यस्ता पार्कहरू रहेका छन् । बर्दघाट बजारकै हरियाली नगरमा चारवटा हरियाली पार्क छन् । हरियालीनगर टोल विकास संस्थाका अध्यक्ष ताराप्रसाद गौतमले दुईवटा पार्क सौन्दर्यीकरण भइसकेको र दुईवटा राम्रो बनाउने योजनामा रहेको जनाए ।