close

झोलुंगे पुलले जोडिए पुतलीबजार र अर्जुन चौपारी 

झोलुंगे पुलले जोडिए पुतलीबजार र अर्जुन चौपारी 

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको दरौं खोलामा झोलुंगे पुल निर्माण भएपछि पुतलीबजार नगरपालिका र अर्जुन चौपारी गाउँपालिका जोडिएका छन् ।


कुल ६१ लाख ५० हजार ८ सय ६७ रुपैयाँ ९० पैसामा निर्माण भएको उक्त झोलुंगे पुलको लम्बाइ ९० मिटरको छ । झोलुंगे पुल ठडिएपछि ४ सय ४५ घरधुरीका २ हजार ३ सय ४४ नागरिकलाई प्रत्यक्ष लाभ मिलेको छ ।

 

पुतलीबजारको नगद तथा अन्य संस्थाको प्राविधिक सहयोगमा बनेको उक्त पुल निर्माण १५ फागुन ०७६ मा सुरु भएको थियो । २५ असार ०७७ २५ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि ११ चैतको लकडाउन र कोरोना सन्त्रासका कारण केही ढिलो गरी उक्त पुल सञ्चालनमा आएको हो ।

 

यस क्षेत्रमा एउटा पनि पुल नहुँदा सर्वसाधारणलाई फेरो यात्राको दिक्दारी थियो भने विद्यार्थीहरूले लामो बाटो प्रयोग गरी विद्यालय जानुपर्ने बाध्यता थियो ।