close

ब्रह्मतोलाका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली

ब्रह्मतोलाका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली

Trulli
ADVERTISEMENT

बाजुरा- नेपाल विद्युत् प्राधिकरणले बाजुरामा विद्युत् सेवा विस्तार गरेसँगै बूढीगंगा नगगरपालिका वडा- २ र ३ का बस्ती झिलीमिली भएका छन् ।


राष्ट्रिय प्रसारण लाइनमार्फत बाजुराको बूढीगंगा नगरपालिका वडा- २ र ३ का ३०० भन्दा बढी घरमा विद्युत् जडान गरिएपछि बस्ती झिलीमिली भएका हुन् ।


पहिलो पटक बूढीगंगा वडा- ३ बसाली टोलका ५२ घरमा ६ मंसिरदेखि लाइन जडान गरिएको छ । अन्य बस्तीमा पनि विद्युत् लाइन विस्तारसँगै सेवा सुचारु भएको वडा- २ का कार्यवाहक वडा अध्यक्ष पदम भण्डारीले बताए ।


जिल्लाका नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलो पटक बूढीगंगाको बसाली गाउँबाट विद्युत् सेवा संचालन गरिएको विद्युत् प्राधिकरणका बाजुरा कार्यालय प्रमुख महेशचन्द्र भट्टले जानकारी दिए ।


उनले भने, ‘थप २५० भन्दा बढी घरमा विद्युत् जडानसँगै साविक ब्रह्मतोला गाविसका नराग, अम्कोट र कुडी टोलमा मात्र विद्युत् जडान बाँकी छ । केही समयभित्रै ती बस्तीमा पनि विद्युत् जडान गर्दै छौँ ।’


विद्युत् लाइनको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले उद्घाटन गरे । साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नम्बर वडाका सबै बस्तीमा बिजुली विस्तार गर्ने योजनासहित प्रसारण लाइन जडान गरिएको हो ।


त्रिवेणी र कुल्देवमाडौंको उज्यालो हेरेर चित्त बुझाउन बाध्य बह्मतोलावासी विद्युत् जडानसँगै खुसी भएका छन् ।


स्थानीय लघु जलविद्युत् उत्पादन गरेर बिजुली सेवा संचालनमा रहे पनि विद्युत् प्राधिकरणले बसालीबाटै लाइन विस्तार सुरु गरेको हो ।


दुई वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिए पनि प्राविधिक पक्ष र कोरोनाका कारण ढिलाइ भएको हो ।