close

दुर्गा भगवती- २ को आफ्नै भवन

दुर्गा भगवती- २ को आफ्नै भवन

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटको दुर्गा भगवती गाउँपालिका वडा- २ ले सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरेको छ । नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष अरुणकुमार साहले उद्घाटन गरे ।


कार्यक्रममा अध्यक्ष साहले चुनावका बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘चुनावका बेला बोलेका कुरा क्रमशः कार्यान्वयनमा लैजान सके मात्र जनविश्वास आर्जन गर्न सकिन्छ ।’


जनताका सेवा, सुविधाका निम्ति वडा कार्यालय भवन अपरिहार्य रहेको उनको भनाइ छ । वडा कार्यालयले तीन कोठे भवन बनाएको हो ।


अतिविपन्न तथा गरिब घरपरिवारका मंगलबारदेखि जस्तापाता वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष साहले जानकारी दिए ।


पुरानो भवन साँघुरो हुँदा सेवाग्राही र कर्मचारीलाई समेत अप्ठ्यारो परिरहेकाले नयाँ भवन निर्माण गरिएको वडा अध्यक्ष सुरेश चौधरीले बताए ।


१८ लाख रुपैयाँमा निर्माण भएको भवनमा वडा सचिव, वडा अध्यक्ष बस्ने छुट्टाछुट्टै कोठा र सभाहलसमेत छ ।