close

६ करोड खर्चेर सुविधासम्पन्न भवन बनाउँदै छ माछापुच्छ्रे

६ करोड खर्चेर सुविधासम्पन्न भवन बनाउँदै छ माछापुच्छ्रे

Trulli
ADVERTISEMENT

पाेखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सुविधासम्पन्न कार्यालय भवन निर्माण सुरु गरेको छ । गाउँपालिकाले वडा– ४ स्थित लाहाचोकमा लिफ्टसहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरेको हो ।


साविक लाहाचोक गाविसको भवनलाई मर्मत गरेर काम चलाउँदै आएको माछापुच्छ्रेले १० रोपनी क्षेत्रफलमा ६ करोड ६२ लाख रुपैयाँ खर्चेर नयाँ भवन निर्माण थालेको हो ।


भवन बनाउन स्थानीयले जमिन निःशुल्क उपलब्ध गराएका छन् । १६ फागुन २०७८ सम्म निर्माण सक्ने गरी नयाँ बाटो÷जीएस इञ्जिनियरिङ जेभीसँग गत १५ भदौमा ठेक्का सम्झौता भएको पालिका अध्यक्ष कर्ण गुरुङले बताए ।


‘भवन बनाउन जिल्ला समन्वय समितिको २ करोड ५० लाख र प्रदेश सरकारले ५० लाख सहयोग गरेको छ । बाँकी रकम गाउँपालिका आफैँले लगानी गर्नेछ’, अध्यक्ष गुरुङले भने ।


नयाँ भवन विद्युतीय भर्‍याङ (लिफ्ट) सहित ३९ कोठाको हुनेछ । भवनमा २ सय बढी क्षमताको सभाहल हुनेछ ।


‘अहिले पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन गर्न साह्रै सकस परेको छ । सानो ठाउँमा बल्लबल्ल व्यवस्थापन गरेका छौँ’, उनले भने, ‘अब नयाँ भवन बनेपछि गाउँपालिका र सेवाग्रही दुवैलाई सहज हुनेछ ।’