close

कावासोती पनि जुट्यो भ्यूटावर बनाउन

कावासोती पनि जुट्यो भ्यूटावर बनाउन

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व– पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १ बालुवाडाँडामा ६२ लाखको लागतमा भ्यूटावर निर्माण सुरु भएको छ । भ्यूटावर निर्माणपछि यो स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए ।


३ चरणमा गरी ठेक्का सम्झौता भएको भ्यू टावर निर्माणका लागि पहिलो चरणमा २८ लाख, दोस्रो चरणमा १९ लाख र अन्तिममा करिब १५ लाख गरी ६२ लाखको लागत अनुमान गरिएको कावासोतीका इञ्जिनियर पवन रुपाखेतीले जानकारी दिए ।


५ तलाको भूकम्पप्रतिरोधी भ्यूटावर ४ तला ढलान भइसकेको छ भने पाँचौँ तला मात्र ढलान हुन बाँकी छ । कावासोतीको वडा– १ बालुवाडाँडा ढोणेमा बनाइँदै गरेको भ्यूटावर निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा होमस्टे सञ्चालन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने नगर उपप्रमुख मर्दनियाले जानकारी दिए ।


उनले भने, ‘पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न उपयुक्त ठाउँ छ । भ्यूटावर निर्माण सम्पन्न भएलगत्तै नगरपालिकाले नै स्थानीय स्तरमा लगानी गरेर होमस्टे सञ्चालन गर्नेछ ।’


कावासोती वडा– १ का वडाध्यक्ष नारायण पन्तले उक्त क्षेत्रमा भ्यूटावर निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना रहे पनि पहिले सडक पु¥याउनुपर्ने बताए ।