close

वडा सरकारले बनायो ४ करोडको लिफ्ट सिँचाइ आयोजना

वडा सरकारले बनायो ४ करोडको लिफ्ट सिँचाइ आयोजना

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ४ माथिल्लो तरंगामा लिप्mट सिँचाइ आयोजना निर्माण सुरु भएको छ । बराहताल गाउँपालिका वडा नम्वर ४ माथिल्लो तरंगामा स्थानीय वडा र संघीय सरकारको साझेदारीमा आयोजना निर्माण सुरु भएको हो । 


वडाध्यक्ष टेकबहादुर कठायतका अनुसार वडाबाट ४० लाख, गाउँपालिकाबाट १ करोड ६२ लाख ५० हजार र केन्द्र सरकारको २ करोड ३५ लाख गरी कुल ३ करोड ९७ लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सुरु भएको छ ।


२०७८ असार मसान्तसम्म अयोजना सम्पन्न गर्ने गरी काम भइरहेको वडाध्यक्ष कठायतले जानकारी दिए । आयोजना सम्पन्न भएपछि १ सय २५ हेक्टर जमिनमा व्यावसायिक तरकारी खेती गरेर कृषकको आयआर्जन बढाउने योजना रहेको वडाध्यक्ष कठायतको भनाइ छ ।