close

गैँडाकोटका २ वटा वडा कार्यालय आफ्नै भवनमा 

गैँडाकोटका २ वटा वडा कार्यालय आफ्नै भवनमा 

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको वडा नम्बर १० र ११ को वडा कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेका छन् ।

 

गैँडाकोटको वडा नम्बर १० र ११ को संयुक्त वडा कार्यालयको गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गरे । 


नगरप्रमुख पौडेलले समृद्ध नगरपालिका निर्माणमा यो भवनले सहयोग पुर्‍याउने र सबैलाई पायक पर्ने ठाउँ हुँदा जनताले सहजै सेवा पाउने विश्वास व्यक्त गरे । 

 

गैँडाकोटको वडा नम्बर १० का वडाध्यक्ष देवीदत्त कँडेलले १ करोड १९ लाख रुपैयाँमा गैँडाकोट वडा नम्बर ११ को भेडाबारी चोकदेखि दक्षिणतर्फ रहेको २ हजार ३ सय ५८ दशमलव ५५ स्क्वायर मिटर जग्गामा भवन बनेको बताए । 

 

भवनको पूर्ण निर्माण भने २०७७ असार मसान्तसम्म सक्ने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण काम बाँकी रहेको हो । भवन निर्माण सम्पन्न गर्न २ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।