close

गमगाढको नहरमा बालुवा र ढुंगा थुप्रिएपछि सदरमुकाम गमगढी अन्धकार

गमगाढको नहरमा बालुवा र ढुंगा थुप्रिएपछि सदरमुकाम गमगढी अन्धकार

Trulli
ADVERTISEMENT

मुगु– मुगुको छायानाथ रारा नगरपालिका र सदरमुकाम गमगढी बजारका नागरिक १ सातादेखि अन्धकारमा बस्न बाध्य छन् । लगातारको वर्षाका कारण विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुको मुहान र नहरमा बालुवा, ढुंगा र लेदो थुप्रिएपछि विद्युत् सेवा आपूर्ति नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन् ।

 

लामो समयसम्म विद्युत् आपूर्ति अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।  विद्युत् सेवा अवरुद्धले स्थानीयदेखि सरकार, निजी कार्यालय सञ्चालनमा समेत समस्या आएको छ । 

 

गमघाट वितरण केन्द्रमा जनशक्ति अभावका कारण अवरुद्ध भएको विद्युत् सञ्चालनमा ल्याउन सशस्त्र प्रहरी बलले प्रयास गरिरहेको छ । ३ दिनदेखि सशस्त्र प्रहरी बल नं ४५ गुल्म हेडक्वार्टर मुगुबाट १५ जनाको टोलीले अवरोध हटाउने काम गरिरहेको सशस्त्र प्रहरी बल मुगुका डिएसपी खुमबहादुर केसीले जानकारी दिए ।

 

पानीको बहाव ठूलो भएकाले स्काभेटरको सहायताले पानीलाई हटाउने काम भएको उनले बताए । प्रहरीको सहजीकरणमा शुक्रबार नहरमा पानी सञ्चालनमा आएको र मुहानमा काम बाँकी भएकाले जतिसक्दो सकाएर छिट्टै विद्युत् अवरोध हटाइने उनको भनाइ छ ।