close

तावाखोला कटान रोक्न हडैयामा जालीको घेराबार

तावाखोला कटान रोक्न हडैयामा जालीको घेराबार

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ हडैयास्थित बाढी कटान क्षेत्रमा मेयर कोषको ५ लाख ९३ हजार रुपैयाँ र जनश्रमदानबाट घेराबार गरी जाली निर्माण गरिएको छ ।

 

तावाखोला कटान रोक्न जाली निर्माण गरिएको हो । जाली निर्माणपछि स्थानीयको करिब ८ सय बिघा जमिन तथा नजिकका बस्ती सुरक्षित हुने हडैया बलिया तावाखोला नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर तामाङले बताए ।

 

नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको मेयर कोषमार्फत र जनश्रमदान गरी जाली लगाइएको समितिका अध्यक्ष तामाङले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कार्यालयमार्फत आह्वान गरिएको ठेक्का कुमार बुढाथोकीले १७ लाख रुपैयाँमा लिएका थिए ।

 

सो ठेक्कामध्येको केही ड्याम निर्माण गरिएको भए पनि १५० मिटरमध्ये ५५ मिटर २०७७ असार साउनको बाढीले बगाएपछि बाढीको जोखिम बढेको थियो ।

 

जोखिम मूल्यांकन गरी मेयर कोषबाट एक्जाभेटर लगाएर जाली निर्माण गरिएको हो । तावाखोलाले बर्सेनि यस क्षेत्रमा खेतीयोग्य जमिन कटान गर्दै आएको स्थानीय बताउँछन् ।