close

भाडाका घरबाटै शासन गर्छन् गाउँका सरकार 

भाडाका घरबाटै शासन गर्छन् गाउँका सरकार 

Trulli
ADVERTISEMENT

बझाङ- बझाङका ५ वटा स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को बजेटमा चौथो पटक नछुटाइ लेखेको एउटा विषय हो- पालिकाको आफ्नै भवन बनाउन आवश्यक जेटको प्रबन्ध गर्ने । तर, चार वर्षदेखि यहाँका १२ मध्ये ५ वटा पालिका भाडाको घरबाटै काम चलाइरहेका छन् ।


जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, र छविसपाथिभेरा गाउँपालिकाले भनवन बनाएर आफ्नैमा सरिसके भने खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका र बित्थडचिर गाउँपालिका धमाधम भवन बनाइरहेका छन् । 

 

तर हरेब वर्ष भवन बनाउने योजना बनाएर पनि बुंगल नगरपालिका, सुर्मा, साईपाल, मष्टा, दुर्गाथली र केदारस्युँ गाउँपालिका भवन बनाउनै नसक्ने सुचिमै दर्ज छन् ।  उनीहरुमध्ये ४ वटा पालिका साविककै गाविस भवनबाट काम गरिरहेका छन् भने एउटा स्वास्थ्यकेन्द्रको भवनमा बसेर सरकार हाँकिरहेका छन् । 

 

वित्थडचिर गाउँपालिका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनमा बसेको छ भने थलारा, सुर्मा, साईपाल, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन् । र यो पनि उनीहरुको सवमित्वमा छैन । साविक गाविस हुँदापनि उनीहरु भाडाकै भवनमा थिए । आफ्नै भवन नहुँदा यी पालिकाले बार्षिक २ लाखदेखि ९ लाखसम्म घरभाडामा सक्दै आएका छन् ।