close

खाेलामा पुलकाे सट्टा सडक बनाएपछि ! (भिडियाे खबर)

पुल बनाउनु पर्ने ठाउँमा सडक बनाउँदा बाटो भत्कियो

खाेलामा पुलकाे सट्टा सडक बनाएपछि ! (भिडियाे खबर)

पुल बनाउनु पर्ने ठाउँमा सडक बनाउँदा बाटो भत्कियो

ADVERTISEMENT

कञ्चनपुर- मुलुकले विकासको गति लिन नसक्नुको कारण केन्द्रीय शासन व्यवस्था भएको भन्दै २० वर्षपछि स्थानीय तहको निर्वाचन भयो । निर्वाचनसँगै गाउँगाउँमा स्थानीय सरकार पुग्यो । गाउँ, टोल विकास हुनेमा धेरैले अपेक्षा गरेका थिए । अपवाद बाहेक अधिकांश ठाउँमा स्थानीय सरकारले गरेको काममा स्थानीयको असन्तुष्टी छ ।


यस्तै, असन्तुष्टीको नमुना कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित वडा नम्बर १०मा देखिएको छ । खोलामा पुल बनाउँदा ढलान मात्रै गरिदिँदा सामान्य बाढीले समेत सडक भत्काएको छ । तर, स्थानीय सरकारले पुनर्निर्माण गर्नमा भने ध्यान दिएको छैन । 


कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित गज्जर खोला भीमदत्त नगरपालिका वडा नम्बर १० गज्जर र वडा नम्बर ८ तीलाचौरको सीमाना हो ।  खोलामा पुल बनाउने मापदण्ड हुन्छ । तर, त्यसको बेवास्था गर्दै ५ लाख खर्च गरेर ढलान गरिएको सडक अहिले भत्किएको छ । 


बजेट सक्काउनका लागि मात्र बनाइएको जस्तो देखिने संरचनाले न स्थानीयलाई सहज बनायो न त स्थानीयले तिरेको करको सदुपयोग नै हुन सक्यो ।  भीमदत्त नगरपालिकाका स्थानीयले वडा नम्बर १० का वडाध्यक्षलाई पटक पटक उक्त खोलामा कल्भर्ट बनाइदिन आग्रह गर्दा पनि पालिकाले वास्ता नगर्दा स्थानीय पुनः सास्ती भोग्न बाध्य भएका छन् ।  


पुल बनाउनुपर्ने ठाउँमा सडक बनाउँदाको परिणमास्वरुप यस वर्षको अविरल वर्षका कारण आएको बाढीले सडकलाई खोलामै समाहित गरिदिएको छ । पालिकाको दूरदर्शिताको अभावमा अहिले दुई गाँउको सम्बन्ध विच्छेद भएको छ । बजारदेखि अस्पतालसम्म जाने सडक नै भत्किँदा स्थानीय आपतकालीन अवस्था आइपरे के गर्ने भन्ने अन्योलमा छन् ।


सडक पुनर्निर्माणको विषयमा वडा कार्यालय धाउँदा वडाध्यक्षले कुनै पनि चासो नदेखाएको स्थानीयको आरोप छ । अझ वडाध्यक्षले बजेट नै नभएको कुतर्क गरेको आरोप स्थानीयले लगाएका छन् । १० नम्बर वडाका अध्यक्ष भने बजेट नभएको स्वीकार गर्छन् । 


पछिल्लो समय गाउँघरमा भइरहेको विकासको उदाहरण भीमदत्तमा देखिएको छ । नागरिकको जनप्रतिनिधिप्रति विश्वास हराउँदै जानुको मुख्य कारण पनि यही हो । त्यसैले पूर्वाधार निर्माणका क्रममा तोकिएको मापदण्डलाई ध्यानमा राख्नु अति आवश्यक छ ।