close

नेपाली सेनाद्वारा जुम्लामा ५८ पूर्वाधार योजना निर्माण

नेपाली सेनाद्वारा जुम्लामा ५८ पूर्वाधार योजना निर्माण

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा नागरिक/सैनिक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाली सेनाले जुम्लामा शान्ति सुरक्षासंगै पूर्वाधार विकास, स्वास्थ्य, कृषि, तथा सञ्चार समन्वयमा काम गर्दै आएको छ । नन्दाबक्स गणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जुम्लाका पत्रकारले पछिल्लो समय सेनाले गरेको कामको प्रशंसा गरे ।


नागरिक÷सैनिक कार्यक्रमअन्तर्गत नमुना पूर्वाधार विकास, दुर्गम गाउँमा स्वास्थ्य शिविर सञ्चालन, ब्यारेकभित्र कृषिलगायत काम गरिरहेको छ ।


यसअन्तर्गत करिब ६० लाख रुपैयाँ लागतमा निर्माण हुने संरचना सेनाले कर्णाली मावि अनामनगरमा २५ लाखमै ४ कोठे दुईतले भवन, स्मार्ट शौचालय, नमुना बास्केट बल कोर्ट निर्माण गरेको छ । यो जिल्लाकै नमुना उदाहरण हो ।


सेनाले गएको आर्थिक वर्षमा जुम्ला जिल्लाभर करिब ५४ योजना निर्माण तथा मर्मतसम्भार गरेको २४ नम्बर वाहिनी अड्डाका वाहिनीपति याम सापकोटाले बताए । 


उनका अनुसार काठे पुल निर्माण, सडक सञ्चालन विद्यालय भवन निर्माण,जनचेतनामूलक कार्यक्रम सञ्चालन, स्वास्थ्य शिविर सञ्चालनलगायत विभिन्न काम गरेर ५४ वटा योजना सम्पन्न भएका छन् । 


आगामी दिनमा पनि नागरिक÷सैनिक कार्यक्रमअन्तर्गत समुदायको माग र आवश्यकताअनुसार सेनाले थप काम गर्ने वाहिनीपति सापकोटाले उल्लेख गरे । 


पत्रकार भेटमा नेपाल पत्रकार महासंघ अध्यक्ष नेत्रबहादुर शाहीले सेनाका कार्यक्रम सबै सदरमुकाम केन्द्रित भएको र आगामी दिनमा दूरदराज केन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्ने सुझाए ।


सेनाको अनुशासन चेन अफ कमान्डका कुरा विद्यालय, कार्यालय, समुदाय स्तरसम्म पु¥याउने खाले कार्यक्रम गर्न आवश्यक रहेको अध्यक्ष शाहीले उल्लेख गरे ।


सेनाले समाजसेवा गरिरहेको र आउँदा दिनमा पनि नागरिकका हितका लागि काम गर्ने नन्दाबक्स गण जुम्लामा नयाँ आएका गणपति रविन थापाले भने, ‘नागरिक÷सैनिक कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ भने सञ्चारकर्मीसँगको सम्बन्ध समधुर गर्न र पूर्वाधार विकास निर्माण तथा अन्य गतिविधिमा क्रियाशील भइरहनेछ ।’


सेनाभित्रको स्रोत–साधन प्रयोग गरेरै भए पनि जनमैत्री कार्यमा जोड दिइने उनको भनाइ छ । ‘विपद् व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, स्वास्थ्य, शिक्षाका क्षेत्रमा काम गर्न चाहन्छौँ’, गणपति थापाले भने ।


यसै साता नवनियुक्त पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाहीले जुम्लामा रहेको १४ नम्बर वाहिनी अड्डाको जिम्मेवारी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् ।


१७ देखि १९ साउनसम्म निरीक्षण गरेका उनले कृषि क्षेत्रमा सेनाले ध्यान दिनुपर्ने बताए । यसअघि डोल्पा बसिसकेका उपरथी शाहीले जुम्लामा सेनाले थालेको नागरिक/सैनिक सम्बन्धको प्रशंसा गरे ।