close

२४ घण्टामै उप्कियो गौशालाको पिच 

२४ घण्टामै उप्कियो गौशालाको पिच 

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकामा २४ घण्टा नबित्दै कालोपत्रे गरिएको पिच उप्किन थालेपछि स्थानिय आन्दोलित भएका छन् ।

 

गौशालाको निगौलचौकदेखि पश्चिम मरहा नदीको पुलसम्म कालोपत्रे भएको करिव १ किलोमिटर सडक आफै उप्किन थालेपछि पुनः निर्माणको माग राख्दै स्थानिय आन्दोलित भएका हुन् ।

 

संघीय सरकारको ८० लाख बजेटमा कालोपत्रे गर्ने पक्का भएपछि सर्लाही स्थित तिरुपती बलाजी कन्स्ट्रक्सनले टेण्डर मार्फत ठेक्का पाएको थियो ।

 

ठेकेदार कम्पनीले आइतबार राती सिमसिम पानी परिरहेको बेला हिलाम्मे सडकमा कालोपत्रे गरेको स्थानियको आरोप छ ।

 

‘रातारात सडक कालोपत्रे गरेपछि हामी बिहान हेर्न गयौँ,सडक भासिएको र पत्र उप्किएको पाइयो’, स्थानिय बद्री ठाकुरले भने ।

 

बाँकी कामलाई समेत मंगलवार दिउँसोबाट स्थानियले निर्माणमा रोक लगाएका छन् । रातारात गरिएको गुणस्तरहीन काम मान्य नहुने भन्दै उनीहरुले पुनः निर्माण नभएसम्म निर्माण कार्यलाई अघि बढाउन नदिने अडान लिएका छन् ।

 

मापदण्डमा  ५ ईन्च मोटाई हुनुपर्ने भएतापनि २ देखि ३ ईन्चसम्म मोटाई भएको स्थानियवासीको भनाइ छ ।  

 

सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर ध्रुवनारायण पाण्डे भने ठेकेदार कम्पनीले सम्झौता बिपरित कार्य गरेको भए छानबिन गरेर पुनः निर्माण गर्न लगाउने बताउँछन् ।