close

नगरकोटमा बसपार्क निर्माण हुने

नगरकोटमा बसपार्क निर्माण हुने

Trulli
ADVERTISEMENT

भक्तपुर- नगरकोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चाँगुनारायण नगरपालिकाको साझेदारीमा पर्यटकका लागि बसपार्क बनाइने भएको छ । 


५ करोड ७ लाख ७२ हजार रुपैयाँको लागतमा बन्ने बसपार्कको शिलान्यास चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख विना बास्तोलाले शनिबार गरे । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारीअन्तर्गत पालिकाले नगरकोट भट्टेडाँडा बसपार्क निर्माण गर्न लागेको हो ।


बसपार्क बनाउन कुल ६ करोड ९९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ । बसपार्कको निर्माण धुलिखेल एएल इज वेलले गर्नेछ । ०७९ मंसिरभित्र बनाइसक्ने सम्झौता भएको नगरप्रमुख मिश्रले बताए ।


उनका अनुसार अहिले नगरकोटमा पर्यटक एक दिन एक रात मात्र बस्छन् । पर्यटकलाई तीन दिन तीन रात बसाउने गरी यस क्षेत्रको प्रवद्र्धन गर्ने पालिकाको योजना छ । 


नगरकोटलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पालिकाले बहुवर्षीय योजनाअन्तर्गत काम गरिरहेको स्थानीय तथा हुसानका केन्द्रीय सदस्य राजकुमार लामिछानले बताए । 


पर्यटकीय क्षेत्रबाट आम्दानीे गर्न ५४ करोड रुपैयाँको डिपिआर निर्माण भइसकेको छ । सोही अनुसार हालसम्म १० करोड बजेटको कार्य भइसकेको उनले बताए । 


उनले बसपार्कसँगै १५ सय वटा पसल, पर्यटकीय शौचालय, प्रवेशद्धार निर्माण गर्ने पनि बताए । पर्यटकीय क्षेत्रको विकासका लागि ५४ करोड रुपैयाँको डिपिआर निर्माण भएको र १० करोडको बजेटको काम भइसकेको सदस्य उनले बताए ।