close

लर्मीगाउँमा हिउँपानी पोखरी निर्माण धमाधम 

लर्मीगाउँमा हिउँपानी पोखरी निर्माण धमाधम 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तिला गाउँपालिका वडा नम्बर २ लर्मीगाउँमा हिउँपानी संकलन पोखरी निर्माण गरिएको छ । पानीको स्रोत नभएको सुक्खा क्षेत्रमा हिउँद मौसममा हिउँ र बर्खामा अकासे पानी संकलन गरी खेतबारीमा सिँचाइ गर्न हिउँपानी संकलन पोखरी निर्माण गरिएको हो । 

 

गाउँपालिकासँगको समन्वयमा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको आयोजनामा अनुकूलन कोषको आर्थिक सहयोग, सरकारको वन तथा वातावरण र विश्व खाद्य कार्यक्रमको साझेदारीमा हिउँपानी संकलन पोखरी निर्माण गरिएको
हो । 

 

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परियोजनाद्वारा सिर्जित चुनौती अनुकूलन (क्याप्स कर्णाली) परियोजनाको १४ लाख ४१ हजार ६१३ रुपैयाँ लागतमा पोखरी निर्माण भएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए ।

 

उक्त हिउँपानी संकलन पोखरीबाट गाउँका अतिविपन्न ६४ घरधुरीका कृषक लाभान्वित भएका छन् । उनले भने, ‘कृषकले खेतबारीमा रोेपेका स्याउ, ओखरका बिरुवा सिञ्चित भई आयआर्जनमा टेवा पुग्ने विश्वास छ ।’ 

 

खानेपानीको मुहान सुधार 

 

पातारासी गाउँपालिका वडा नम्बर ६ घोडेसिन गाउँमा रहेको खानेपानीको मुहान सुधार गरिएको छ । खानेपानीको मुहान खुला, गाईवस्तुदेखि मानवीय फोहोर पानी दुषित भएर पानीजन्य रोगबाट बच्न मुहान सुधार तथा मर्मत गरिएको हो ।

 

गाउँपालिकासँगको समन्वयमा कारितास जर्मनी, कारितास नेपालको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको आयोजनामा मुहान सुधार गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए ।

 

उनले भने, ‘एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु परिवर्तन अनुकूलन परियोजनाको १ लाख सहयोग र समुदायको श्रमदानमा मुहान सुधार गरिएको हो । यसबाट १४० घरधुरी लाभान्वित भएका छन् ।