close

बुटवल–नारायणगढ सडक खुल्न थप विलम्ब हुने संकेत

बुटवल–नारायणगढ सडक खुल्न थप विलम्ब हुने संकेत

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल–नारायणढ सडक खण्ड सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा डाइभर्सन तयार भए पनि पश्चिम नवलपरासीको तुरिया खोलामा बेलीब्रिज निर्माण सम्पन्न भइनसकेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

 

‘देवदहको घोडाहा खोलामा बिहीबार साँझ डाइभर्सनको काम सम्पन्न भएको छ,’ प्रमुख मरासिनीले भने, ‘नवलपरासीको तुरिया खोलामा बेलीब्रिजको काम सम्पन्न हुन अझै ४/५ दिन लाग्छ ।’ 

 

घोडाहा खोलाको डाइभर्सन एक साता र तुरिया खोलामा राख्न लागिएको बेलीब्रिज १० दिनभित्र सक्ने योजना रहे पनि वर्षाका कारण समयमै काम पूरा नगर्न नसकिएको मरासिनीको भनाइ छ । अविरल वर्षाका कारण घोडाहा खोला र तुरिया खोलाको पुल भासिएपछि २ सातादेखि बुटवल–नारायणघट सडक अवरुद्ध छ ।

 

तुरिया खोलामा राख्न लागिएको अस्थायी पुल (बेलीब्रिज) मा ठूला सवारीसाधन भने चल्न पाउने छैनन् । बेलीब्रिजमा टिपर, ट्रकलगायत ओभरलोडका सवारीसाधनलाई चल्न नदिइने सडक डिभिजन कार्यालय प्रमुख मरासिनीले बताए । 


सो पुलमा यात्रुवाहक बस, मोटरसाइकल, कारलगायत साना सवारीसाधन एकतर्फी रूपमा चल्न पाउने उनले जानकारी दिए । ओभरलोड भएका ठूला सवारीसाधन भैरहवा–भूमहीलगायत सडक खण्ड नै प्रयोग गर्नुपर्नेछ ।