close

स्थानीय तहमा कर्णाली बेसिनका २९ आयोजना 

स्थानीय तहमा कर्णाली बेसिनका २९ आयोजना 

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कर्णाली बेसिन क्षेत्रमा पर्ने २९ स्थानीय तहमा ‘यूएसएआइडी कर्णाली वाटर एक्टिभिटी’ आयोजना लागू भएको छ । 


जलस्रोतको बहुआयामिक प्रयोग एवं स्वच्छ खानेपानी र सरसफाइ सेवाको प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्यले रारा खत्याड, तिला कर्णाली, मध्य कर्णाली र तल्लो कर्णाली जलाधार क्षेत्रका स्थानीय तहमा आयोजना लागू भएको हो ।   

 

यूएसएआइडी कर्णाली वाटर एक्टिभिटी परियोजनाका अनुसार कर्णाली बेसिनमा पर्ने मुगुका खत्याड, सोरु र छायानाथ रारा, जुम्लाको तिला, कालीकोटका महाबै, शुभकालिका, तिलागुफा, खाडाचक्र र नरहरिनाथ, अछामका रामारोशन, पञ्चदेवल विनायक, कमलबजार र तुर्माखाँदमा यो आयोजना सञ्चालन गरिनेछ ।

 

यस्तै, दैलेखका आठबिस, ठाटीकाँध, चामुण्डाबिन्द्रासैनी, भैरवी र दुल्लु, सुर्खेतका वराहताल, पञ्चपुरी र चौकुने, बर्दियाका ठाकुरबाबा, मधुवन, गेरुवा, राजापुर र कैलालीका टीकापुर, जानकी, लम्कीचुहा र मोहन्याल गाउँपालिकामा कार्यक्रम लागू भएको छ । पाँचवर्षे यो आयोजनाले २ करोड ४७ लाख ९ हजार डलर खर्चिनेछ ।