close

दुर्गम पोखरियामा पहिलो पटक पुग्यो सडक र बिजुली 

दुर्गम पोखरियामा पहिलो पटक पुग्यो सडक र बिजुली 

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ पोखरियामा सडक र विद्युत् सुविधा पुगेको छ । सिराहा र उदयपुर सीमास्थित चुरे जंगलभित्र पर्ने दुर्गम पोखरियामा पहिलो पटक सडक र विद्युत् पुगेको हो । विकासबाट ओझेल परेको पोखरियामा नगरपालिकाको पहलमा सडक र विद्युत् पु¥याइएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 

 

विकासबाट पछि परेका गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अगाडि बढाएकै कारण पोखरियामा बत्ती र सडक पु¥याई स्थानीयलाई सुविधा दिइएको नगर प्रमुख श्रेष्ठले बताए । गाउँमा बिजुली, सडक पुगेपछि स्थानीय खुसी छन् ।

 

नगरपालिकाको पहल र विद्युत् प्राधिकरणको सहकार्यमा पोखरियामा बिजुली बालिएको नगरप्रमुख श्रेष्ठले बताए । बिजुलीसँगै त्यहाँ नगरपालिकाले सडक पनि निर्माण गरिदिएको हो ।

 

३० घरमा सबमिटर राखेर ६४ घरधुरीमा बिजुली बाल्न सुरु गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । सडक र विद्युत्को प्रदेशसभा सदस्य तथा पूर्वप्रदेश राज्यमन्त्री कला घलेले उद्घाटन गरिन् ।