close

राजविराज–कुनौली सडक भत्किँदा स्थानीयलाई सास्ती

राजविराज–कुनौली सडक भत्किँदा स्थानीयलाई सास्ती

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको राजविराज–कुनौली सडक खण्डअन्तर्गत तिलाठी कोइलाडीस्थित बेल्ही भन्सार नजिक सडक भत्किँदा यस भेगका दर्जनौँ वडाका लाखौँ स्थानीयलाई आउजाउमा समस्या भएको छ ।


एक महिनाअघि जिता र खाडो नदीमा आएको बाढीले सडक भत्किँदा पैदल यात्रीलाई दिनहुँ छिमेकी भारतको कुनौली बजार आउजाउमा समस्या भएको छ ।
सडक बीच भागमै भत्किएका कारण सप्तरीको तिलाठी कोइलाडी, हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडाका साथै छिमेकी वडाका हजारौँ स्थानीयले दिनहुँ कुनौली बजार जान कठिनाइ झेल्नुपरेको हो ।


सडक निर्माणका लागि अहिलेसम्म सडक डिभिजन कार्यालय र गाउँपालिका तथा नगरपालिकाको ध्यान नपुगेको स्थानीय उमेशकुमार यादवले गुनासो गरे ।उनका सडक भत्किएका कारण सो सडक भएर आउजा गर्ने हजारौँ स्थानीयका साथै दर्जनौँ सिटी सवारीसमेत ठप्प छन् ।


सडक भत्किएको महिना दिन बितिसक्दा पनि मर्मतका लागि कुनै निकायले ध्यान नदिएका कारण चाडवाडका बेला छिमेकी भारतको कुनौली बजार पैदल हिँडेर जानुपरेको स्थानीयको गुनासो छ । बाढीले सडक भत्किएसँगै अहिले सशस्त्र प्रहरीले बाटोमा बिजुलीको पोल हालेपछि सर्वसाधारणले पैदल यात्रा गर्न सकिने अवस्था रहे पनि सवारीसाधन सञ्चालन हुन नसक्दा सडकमा चलिरहेका दर्जन सिटी सवारीधनीको रोजीरोटीमा गुमेको चालक बताउँछन् ।


उक्त सडक मर्मतसम्भारका लागि अविलम्ब गाउँपालिका, नगरपालिका तथा सम्बन्धित निकायले ध्यान नदिए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।यसबारे तिलाठी कोइलाडी पालिका अध्यक्ष सतिश सिंहसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 


हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाका वडाध्यक्ष सत्यनारायण यादवले सडक मर्मतका लागि नगरपालिका तथा सम्बन्धित निकायसँग पटक–पटक अनुरोध गर्दा पनि हालसम्म पहल नभएको बताए ।