close

बालुवाटारमा ठडियो बंकरसहितको प्रधानमन्त्री निवास 

बालुवाटारमा ठडियो बंकरसहितको प्रधानमन्त्री निवास 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा सुविधासम्पन्न भवन तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड रुपैयाँ लागतमा बनाइएको नयाँ भवनको सोमबार वास्तुपूजा गरिने भएको छ । वास्तुपूजा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा नवनिर्मित भवनमा सर्ने उनको सचिवालयले जनाएको छ ।


पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएपछि त्यसलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको हो । १ रोपनी जग्गामा बनाइएको एउटा भवन प्रधानमन्त्रीले प्रयोग गर्नेछन् । दुई रोपनी जग्गामा बनाइएको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोगमा ल्याइनेछ । यो भवन बन्ने क्रममै छ ।


प्रधानमन्त्रीका लागि बनाइएको भवन बंकरसहितको विशेष सुरक्षा प्रबन्धयुक्त छ । यो भवनको पहिलो तलामा मुख्य शयन कक्ष, परिवारका सदस्यका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कोठा, पूजाकोठा, होम थियटर, लबी, जिम हल, बाल्कोनी लगायत छन् ।


दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीन वटा कोठा, विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने कोठा, पाहुनाको सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबीलगायत कोठा छन् । सार्वजनिक प्रयोजनका लागि बनाइएको भवनको भुइँ तलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्रलगायत कोठा छन् ।