close

नगर विकास कोषको दुई पालिकासँग सम्झौता

नगर विकास कोषको दुई पालिकासँग सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं– नगर विकास कोषले बैतडीको दशरथचन्द नगरपालिका र मोरङको सुन्दर हरैचा नगरपालिकासँग ऋण सहयोगसम्बन्धी सम्झौता गरेको छ । कोषले दशरथचन्द नगरपालिकामा बहुद्देश्यीय भवन निर्माण र सुन्दर हरैचामा कृषि बजार निर्माणका लागि ऋण सम्झौता गरेको हो ।

 

कोषले दशरथचन्द बहुउद्देश्यीय भवन निर्माणका लागि ४ करोड २० लाख रुपैयाँमध्ये ३ कराेड ३ लाख ३ हजार नगरपालिकालाई ऋण उपलब्ध गराउनेछ । दशरथचन्दकी नगर उपप्रमुख मीना चन्दले कार्यकाल सकिन लागे पनि नयाँ जनप्रतिनिधि आएपछि कार्यान्वयन हुने गरी सम्झौता गरिएको बताइन् । यसमा केषले ६५ प्रतिशत रकम खर्च गर्नेछ भने बाँकी रकम पालिकाले भुक्तान गर्नेछ । 


यस्तै, सुन्दर हरैचा नगरपालिकाको बुधबारे कृषि बजार १४ करोड २६ लाख ८८ हजार रुपैयाँमा निर्माण गर्न कोषसँग सम्झौता गरेको हो । कृषि बजारका लागि कोषले ११ करोड ४१ लाख ५० हजार रुपैयाँ ऋण उपलब्ध गराउनेछ भने बाँकी पालिकाले खर्च गर्नेछ ।