close

नगर विकास कोषको मेचीनगर नगरपालिकासँग ऋण सम्झौता

नगर विकास कोषको मेचीनगर नगरपालिकासँग ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं– नगर विकास कोषले झापाको मेचीनगर नगरपालिकासँग मेचीनगर कृषि मन्डी निर्माणका लागि ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कोषले नगरपालिकालाई ९ करोड ६५ लाख २३ हजार रुपैयाँ ऋण उपलब्घ गराउने सहमति भएको छ ।


कोषले वार्षिक ८ प्रतिशत ब्याजदरमा नगरपालिकालाई ऋण उपलब्ध गराउनेछ ।  ऋणसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मेचीनगर नगरप्रमुख विमल आचार्यले हस्ताक्षर गरे ।