close

नगर विकास कोषको दुई पालिकासँग ऋण सम्झौता

नगर विकास कोषको दुई पालिकासँग ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं– नगर विकास कोषले मोरङको पथरी शनिश्चरे नगरपालिकासँग पथरी सपिङ कम्प्लेक्स निर्माणका लागि ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कोषले नगरपालिकालाई २० करोड १५ लाख रुपैयाँ ऋण उपलब्घ गराउने सहमति भएको छ ।


कोषले वार्षिक ८ प्रतिशत ब्याजदरमा नगरपालिकालाई ऋण उपलब्ध गराउनेछ । जसको कुल लागत २८ करोड ७८ लाख ६१ करोड लाख रुपैयाँ रहेको छ । यस्तै, रौतहटको गुजरा नगरपालिकासँग पनि गुजरा बहुदेश्यीय भवन निर्माणका लागि कोषले सम्झौता गरेको छ ।

 

कुल लागत ८ करोड ८३ लाख ३२ हजार निर्माण गरिने सम्झौता भएको छ । कुल लागतमध्ये कोषले ५ करोड २९ लाख ९९ हजार पालिकालाई ऋण सहायता उपलब्ध गराउने छ । ऋणसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र पालिकाका जनप्रतिनिधिले हस्ताक्षर गरे ।