close

बाँके, बर्दियाका २२ पुल मर्मत गरिँदै

बाँके, बर्दियाका २२ पुल मर्मत गरिँदै

Trulli
ADVERTISEMENT

बाँके– बाँके र बर्दियाका विभिन्न सडकमा सञ्चालन भएका १ दर्जन बढी पक्की पुलको मर्मतसम्भार भइरहेको छ । बाँकेका १५ र बर्दियाका ७ गरी २२ पुलको मर्मतसम्भार भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि पूर्वमा शिवखोलासम्म बाँकेका १५ र बर्दियाका ७ गरी कुल २२ पुलको मर्मतसम्भार भइरहेको पुल योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।   

 

उनका अनुसार पुलले जोडेको भाग, फुटेको र चर्केको स्थान, बेरिङ सफा गर्ने र ग्रिसिङको काम भइरहेको छ । पुराना र जीर्ण भएकाले पुल मर्मत आवश्यक भएको बताउँदै उनले मर्मतसम्भारपछि पुल अझै २० वर्षसम्म टिक्ने दाबी गरे । यी आइआरसी क्लास ‘ए’ निर्माण भएका पुल भएको उनको भनाइ छ । पुल करिब ४० वर्ष पुराना भइसकेकाले मर्मतसम्भार गरिरहनुपर्ने अवस्था आएको छ । 

 

४० वर्ष पुराना भए पनि यी पुलको आयु ५० देखि ७५ वर्ष रहेकाले मर्मतसम्भार गर्दै सञ्चालनमा ल्याउने काम भएको पुल योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए । भारतीय मापदण्डअनुसार निर्माण भएका पुराना पुलको क्षमता यकिन नभए पनि अधिक भारका सवारीसाधन सञ्चालन भएकाले पुलको आयु घट्दै गएको उनको भनाइ छ ।