close

तानसेन–तम्घास सडक दैनिक ६ घन्टा बन्द

तानसेन–तम्घास सडक दैनिक ६ घन्टा बन्द

Trulli
ADVERTISEMENT

पाल्पा–पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घन्टा बन्द हुने भएको छ । सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भीरमा सडक चौडा गर्न २२ पुससम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।


हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आउजाउमा रोक लगाइएको हो । १२ देखि २२ पुससम्मका लागि दैनिक ६ घन्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।


पहाड कटान गरी माटो र ढुंगा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले जानकारी दिए । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो ।