close

स्थानीय तहको विकासमा जनसहभगिता कसरी बढाउन सकिन्छ ? 

स्थानीय तहको विकासमा जनसहभगिता कसरी बढाउन सकिन्छ ? 

Trulli
ADVERTISEMENT

गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्रको आर्थिक, सामाजिक एवं भौतिक रूपान्तरण स्थानीय तहको विकास हो । यो स्थानीय तहका हरेक क्षेत्रमा हुने सकारात्मक एवं गुणात्मक परिवर्तन हो । विकास बहुआयामिक विषय भएकाले यसमा स्थानीय तहमा भएका सबै सरोकारवालाको सक्रिय र सार्थक सहभागिता आवश्यक छ । स्थानीय जनताको सहभागिताले स्थानीय विकासमा अर्थपूर्ण महत्व राख्दछ । यसले स्थानीय तहको विकासलाई दिगो र भरपर्दो बनाउन सहयोग गर्दछ । त्यसकारण स्थानीय तहमा जनसहभागितामा आधारित विकास गर्नुपर्दछ । यसका लागि निम्न उपाय अवलम्बन गरेर स्थानीय तहको विकासमा जनसहभागिता बढाउन सकिन्छ :


– स्थानीय जनताको माग र आवश्यकताका आधारमा विकास निर्माणका आयोजना छनोट गरेर,
– आयोजना छनोटमा स्थानीय नागरिकको व्यापक सहभागिता बढाएर,
– स्थानीय सरोकारवाला नागरिक तथा उपभोक्ता समितिमार्फत स्थानीय विकास निर्माणका आयोजना सञ्चालन गरेर,
– स्थानीय विकास निर्माणका आयोजनामा सरोकारवाला उपभोक्ताबाट स्वैच्छिक रूपमा लगानी गर्ने वातावरण निर्माण गरेर,
– आयोजनाबाट प्राप्त प्रतिफलको वितरणमा उपभोक्तालाई सहभागी बनाएर,
– आयोजनाको अनुगमन र मूल्याङ्कनमा स्थानीय सरोकारवाला नागरिकको संलग्नता बढाएर,
– आयोजनाको मर्मत सम्भार गर्ने जिम्मा स्थानीय उपभोक्तालाई दिएर,
– आयोजना हरेक चरणमा स्थानीय महिलाको अर्थपूर्ण सहभागिता बढाएर ।