close

कालिञ्चोक केबलकारले क्षमता बढाउने

कालिञ्चोक केबलकारले क्षमता बढाउने

Trulli
ADVERTISEMENT

चरीकोट– दोलखाको कालिञ्चोक कुरीमा सञ्चालनमा रहेको कालिञ्चोक केबलकार प्रालिले क्षमता विस्तार गर्ने भएको छ । सञ्चालनमा आएको पाँच वर्षे अनुभवले अहिले भएको क्षमतालाई झन्डै दोब्बर बनाउने तयारी भइरहेको प्रालिका वरिष्ठ सहायक सन्देश शिवाकोटीले जानकारी दिए ।

 

उनका अनुसार भइरहेका संरचनालाई डब्बा बढाएर १६÷१६ जना क्षमताको बनाउने कि चेयर लिफ्ट राख्ने भन्नेमा बोर्डमा छलफल भइरहेको छ । अहिले चारवटा डब्बा छन् । एकोहोरो प्रणाली भएकाले दुईवटा जाने, दुईवटा आउने गर्दछन् । एक डब्बामा छ जना मात्र अट्छन् ।

 

यहाँ मौसमअनुसार यात्रु आउने गर्छन् । उनले भने, मौसममा पालो नआउँदा यात्रु पैदल जान बाध्य हुन्छन् । उनीहरू निश्चित समयका लागि आएका हुन्छन् । जसरी पनि क्षमता वृद्धि गर्नैपर्ने देखिएको छ । बोर्डले चाँडै निर्णय लिने छ ।

 

वर्षको करिब दुई महिना हिउँ पर्छ, त्यतिखेर यात्रु ओइरिन्छन् । उनले भने, हामीले सेवा दिन सकेका छैनौँ । सेवा दिन नसक्दा हामीलाई पनि घाटा हुन्छ । क्षमता वृद्धि नगरी सुखै छैन । लकडाउन हुँदा त पर्यटक आएनन् तर अहिले कोरोना भाइरस सङ्क्रमण वृद्धिले सुनसान भएको गुनासो गर्दै उनले भने, ‘यो वर्ष हिउँ परिरहेको छ । हिउँ हेर्ने मानिस नै छैनन् । हरेक शुक्रबार र शनिबार दैनिक १५ सय हुने यात्रु अहिले दुई सय पनि भएनन् । अरू दिन त फाट्ट फुट्ट मात्र हुन्छन् ।’

 


अहिले कम्पनी घाटामा पनि छैन, नाफामा पनि छैन । सञ्चालन खर्च मात्र निस्किएको छ, २५ जना कर्मचारी र मर्मत खर्च धानेको उहाँले बताउनुभयोे । कम्पनी सञ्चालनलाई सहज बनाउन अहिले आईपीओको लाइनमा रहेको उनले जानकारी दिए।