close

मेलम्ची र पाँचपोखरी थाङ्पाले गराए सडक विभागको ध्यानाकर्षण

मेलम्ची र पाँचपोखरी थाङ्पाले गराए सडक विभागको ध्यानाकर्षण

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक–मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस क्षेत्रका सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो ।

 

गत १ असारको मेलम्ची बाढीले कटान गरेको मेलम्ची वडा नम्बर १३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची–पाँचपोखरी सडक र फड्केश्वर–छापभन्ज्याङ सडक मर्मत तथा विभागबाट भइरहेका कामबारे जानकारी लिइएको मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए ।

 

भेटमा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले ३ दिनभित्र लागत स्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरीकोटलाई निर्देशन दिएको उनले बताए । त्यस्तै, फड्केश्वर–छापभञ्ज्याङ सडकमा १३ करोड रुपैयाँ विनियोजित रकम काठमाडौं डिभिजन र चरीकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गरिने झाको भनाइ छ ।


बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा ५ वटा पक्की पुल आवश्यक रहेको बताए । हिउँदमा अस्थायी रूपमा आउजाउ गरे पनि बर्खा लागेपछि समस्या हुने अर्यालले सडक विभागलाई जानकारी गराए ।

 

सडक विभागले भने फास्ट ट्रयाकमार्फत बोलपत्र आह्ववान गरी काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको धितालले बताए । अब छिट्टै सडक मर्मत तथा स्तरोन्नतिको काम अगाडि उनको भनाइ छ ।