close

अगाडि बढ्यो बाँकेको डुडुवामा रणनीतिक सडक निर्माण 

अगाडि बढ्यो बाँकेको डुडुवामा रणनीतिक सडक निर्माण 

Trulli
ADVERTISEMENT

बाँके– संघीय भौतिक पूर्वाधार विकास मन्त्रालयको रणनीतिक सडक सञ्जाल योजनाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजनाअन्तर्गत बाँकेको डुडुवामा २५ करोड रुपैयाँ लागतमा सडक निर्माण सुरु गरिएको छ ।


भौतिक पूर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजनामा डुडुवाको सो सडकलाई पारेपछि निर्माण प्रक्रिया सुरु भएको हो । डुडुवा गाउँपालिकाको गन्धैली नालादेखि जाफरपुर्वा, बेतहनी अमृतपुर्वा, दासपुर्वा, कैरातीपुर्वा, कोल्ही हुँदै रमपुर्वा–डुडुवा खोलाको झोलुंगे पुलसम्म पहिलो चरणमा सडक निर्माणका लागि २५ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको बाँके क्षेत्र २ का संघीय सांसद मोहम्मद इस्तियाक राईले बताए ।


सडक निर्माण प्रक्रिया सुरु भएसँगै वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका डुडुवाबासी हर्षित भएका छन् । निर्माण प्रक्रिया सुरु भएको २ नम्बर संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको क्षेत्र हो ।