close

गृहमन्त्री खाँणले गरे मेलम्चीको पुल उद्घाटन

गृहमन्त्री खाँणले गरे मेलम्चीको पुल उद्घाटन

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक–गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल उद्घाटन गरेका छन् । गत १६ र १७ साउनमा मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका वडा नम्बर २ र ७ जोड्ने सो पुल नेपाली सेनाले निर्माण गरेको हो । 

 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले ४ कात्तिकमा स्थानीय चनौटे र भीरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण जिम्मा दिएको थियो । 

 

करिब ९ सातामा तयार गरिएको पुल शनिबार सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइको उक्त पुलको भारवहन क्षमता २४ टन छ ।

 

बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न कष्ट बेर्होदै आएका स्थानीयलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौंलगायत स्थानमा जान सजिलो हुनेछ ।