close

इन्द्रवतीमा १५ शय्याको अस्पताल

इन्द्रवतीमा १५ शय्याको अस्पताल

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको आज एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे । उनले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए । बागमती प्रदेशका हरेक स्थानीय तहमा जतिसक्दो छिटो सरल र सहज रूपमा स्वास्थ्योपचार सर्वसुलभ बनाउन सरकार लागिपरेको उनको भनाइ छ ।


 
गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले इन्द्रावतीका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी जनशक्ति व्यवस्था गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उनले बताए । प्रदेश सरकारको पाँच करोड ७३ लाख र गाउँपालिकाको २८ लाख बजेटबाट निर्मित अस्पतालमा १५ शय्या र ३९ कोठा छन् ।


 
अस्पतालमा दुई एमबिबिएस चिकित्सकसहित, मेडिकल, एक्स–रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसिजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए । २८ हजारभन्दा बढी जनसङ्ख्या भएको इन्द्रावती–१ देखि १२ सम्मका वडाका स्थानीयवासीले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । एक्स–रे, रगत, स्वास्थ्य परीक्षणकै लागि चौतारा, धुलिखेल या मेलम्ची धाउनुपर्ने बाध्यताबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।