close

महाबु पालिकाद्वारा विकास योजनाको स्थलगत अनुगमन

महाबु पालिकाद्वारा विकास योजनाको स्थलगत अनुगमन

Trulli
ADVERTISEMENT

दैलेख–दैलेखको महाबु गाउँपालिकाले पालिकाभित्रका विकास निर्माण तथा विभिन्न योनाको अनुगमनलाई तीव्रता दिन थालेको छ । वडा नम्बर १ अन्तर्गत गठित उपभोक्ता समूहबाट सम्पन्न भएका विभिन्न १० वटा योजानाको स्थलगत अनुगमन गर्दै उक्त कार्यको थालनी गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालीले जानकारी दिए ।


गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाको नेतृत्वमा, सम्बन्धित क्षेत्रका संयोजक, प्राविधिक तथा इन्जिनियरको सहभागितामा अनुगमन सुरु गरिएको हो । पालिकाका सबै वडामा अनुगमन गरिने उनले बताइन् । उनका अनुसार गत बुधबार पालिकाको वडा नम्बर १ अन्तर्गत उपभोक्तामार्फत निर्माण भएका सिँचाइ कुलो, पोखरी, सडकमा निर्माण गरिएका नाला, मेसिनरी वाललगायत १० वटा योजानाको स्थलगत अनुगमन गरिएको छ ।

 

अनुगमनका क्रममा सम्पन्न भएका सबै योजना तोकिएको मापदण्डअनुसार नै रहेको पाइएको र मापदण्ड पूरा नगरेर सम्पन्न भएका योजनाको भुक्तानी कटौती गरेर दिइने पंगालीले बताइन् । ‘काम गर्ने क्रममा कहिलेकाहीँ प्राविधिक नभएको अवस्थामा थोरै तलमाथि भएको हुन सक्छ तर त्यो पनि न्यून मात्रामा भएको पायौँ,’ पंगालीले भने, ‘अनुगमन गरिएका सबै योजना निश्चित समय र मापदण्डभित्रै रहेर सम्पन्न भएका छन् ।’


अभियानअन्तर्गत बिहीबार वडा नम्बर ५ मा पनि अनुगमन गरिएको छ । काँसिकाधमा निर्माणाधीन स्वास्थ्य चौकी भवन, विद्यालय भवनलगायत अन्य विकास निर्माणका योजनाको पनि स्थलगत अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत पंगालीले बताए ।