close

सिन्धुपाल्चोकका स्थानीय तहमा प्रशासनिक भवन निर्माण धमाधम

सिन्धुपाल्चोकका स्थानीय तहमा प्रशासनिक भवन निर्माण धमाधम

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये अधिकांशले प्रशासनिक भवन निर्माण गरेका छन् भने केहीको निर्माणाधीन अवस्थामा रहेका छन् । सिन्धुपाल्चोका ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ स्थानीय तह छन् ।


यहाँका अधिकांश स्थानीय तहको सुविधायुक्त भवन ठडिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले ६ करोड ५१ लाख रुपैयाँ खर्चिएर ‘प्यागोडा’ शैलीमा भवन निर्माण गरेको पालिका अध्यक्ष वशंलाल तामाङले बताए । पालिकाका १० वटा वडाको भवन निर्माण गरी सेवा दिन थालिएको उनको भनाइ छ ।


चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङले ७ करोड रुपैयाँ लागतमा प्रशासनिक भवन निर्माण गरेको जानकारी दिए । नगरका ९ वटा वडाका भवन बनिसकेका छन् ।

 

मेलम्ची नगरपालिकाले ७ करोड रुपैयाँ लागतमा २ वटा प्रशासनिक भवन निर्माण गरेको नगरप्रमुख डम्बर अर्यालले बताए । पालिकाका १३ वडामध्ये ७ वडा कार्यालयका नयाँ भवन बनेका छन् । भोटेकोसी गाउँपालिकाले ६ करोड रुपैयाँको लागत ३ वटा वडा भवन निर्माण गरेको अध्यक्ष राजकुमार पौडेलले बताए ।