close

नवलपरासीमा खुल्यो यातायात सेवा कार्यालय

नवलपरासीमा खुल्यो यातायात सेवा कार्यालय

Trulli
ADVERTISEMENT

नवलपरासी–पश्चिम नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालय उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेंगा मगरले सेवा कार्यालय उद्घाटन गरिन् ।

 

जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ४ बैरीहवामा यातायात सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा मन्त्री ढेंगा मगरले आगामी दिनमा सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरणसमेतको सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन् ।

 

सेवा कार्यालयलाई व्यवस्थित गर्न आवश्यक जनशक्ति, स्रोत–साधन व्यवस्थापन गरी छिटोछरितो सेवा प्रवाह गराइने उनको भनाइ छ ।  कार्यक्रममा मन्त्रालयका सचिव दीपकराज नेपालले सेवा कार्यालय खुलेकामा जिल्लाबासीलाई शुभकामना दिँदै नवलपरासीबाटै सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरे । 


यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राही सेवा लिन भैरहवा र बुटवल जाने गर्दथे । अबदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता हटेको रामग्राम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मदन यादवले बताए ।