close

इटहरीमा अपांगतामैत्री प्रशासनिक भवन शिलान्यास

इटहरीमा अपांगतामैत्री प्रशासनिक भवन शिलान्यास

Trulli
ADVERTISEMENT

सुनसरी–सुनसरीको इटहरी उपमहानगरमा पाँच तले लिफ्टसहितको प्रशासनिक भवन निर्माण हुने भएको छ । अपांगतामैत्री उक्त भवन ०८० असारमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण गर्न लागिएको हो । प्रशासनिक भवनको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले  शिलान्यास गरे । 


१२ करोड ७२ लाख ५८ हजार ७ रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने लिप्mटसहितको भवनमा सोधपुछ शाखा, जिन्सी शाखा, प्रशासनिक तथा अन्य शाखा शाखा प्रमुखको कार्यकक्ष, अपांगतामैत्री शौचालय, नगरप्रमुख, उपप्रमुखको कार्यकक्षसमेत रहनेछ । 


इटहरी उपमहानगर वडा नम्बर ६ उपमहानगर परिसरमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष दीपक गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । 


उपमहानगरका इन्जिनियर जीवन घिमिरेले प्रशासनिक भवनको संरचनाका विषयमा जानकारी दिए । कार्यक्रममा इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, प्रदेश १ का प्रदेशसभा सदस्य सर्वध्वज साँवा, एमाले केन्द्रीय सदस्य अमृता सुब्बा, एमाले नगर अध्यक्ष याम सुब्बालगायत सहभागी थिए ।